काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चाडपर्वका अवसरमा गरिने चियापानले पार्टीहरुको बीचमा समझदारीको राम्रो वातावरण बनाउने बताएका छन् ।
नेकपा एमालेले बुधबार दसैँ, तिहार र छठ पर्वको अवसरमा पार्टी कार्यालय च्यासलमा आयोजना गरेको चियापान तथा शुभकामना कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्ता कार्यक्रमले दलहरुलाई सहमतिमा पुग्न राम्रो वातावरण बनेको बताएका हुन् ।
‘अस्ति नेपाली कांग्रेसले गरेको शुभकामना आदानप्रदान र आज एमालेले गरेको कार्यक्रमले पार्टीहरुको बीचमा समझदारी बनाउन राम्रो वातावरण बनेको मैले महसुस गरेको छु’, प्रधानमन्त्री प्रचण्डले भने, ‘म एमाले नेता कार्यकर्ता सबै साथीहरुलाई फेरि पनि शुभकामना भन्न चाहन्छु ।
फरक प्रशंगमा प्रचण्डले संक्रमणकालीन न्यायको विषय टुङ्ग्याउन बुधबार बिहानमात्रै कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र आफूबीच त्यसबारे सकारात्मक छलफल भएको समेत बताए । ‘आज बिहानमात्रै हामीले छलफल गर्यौ । सकारात्मक छलफल भएको छ । यो विषय छिटै टुगिंन्छ’, प्रधानमन्त्रीको दाबी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ कार्तिक २०८०, १५ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद्मा प्रधानमन्त्री प्रचण्डले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुँदै
मेरो विश्वासको मत सङ्ख्याको पहल होइन, प्रतिवाद र प्रतिरोधको पहल हो : प्रधानमन्त्री प्रचण्ड
राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर नलैजान प्रधानमन्त्री प्रचण्डको आग्रह
संविधानमा माओवादीको सबैभन्दा ठुलो लगानी छ, यसलाई कमजोर बनाउन दिइन्न : प्रधानमन्त्री प्रचण्ड
समाजवादको आधार तयार पार्न सरकार लागिपरेको छ : प्रधानमन्त्री प्रचण्ड
संसद्मा प्रधानमन्त्री प्रचण्डले दिएको जवाफ (पूर्णपाठ)