काठमाडौं । ओमानले भिजिट भिसा वा पर्यटन भिसालाई अन्य भिसामा परिवर्तन नगर्ने भएको छ । पर्यटन भिसा वा भिजिट भिसामा आफ्नो देशमा पुगेका विदेशीहरूलाई ओमान वर्किङ भिसामा परिवर्तन नगर्ने निर्णय गरेको हो ।
विदेशीहरू भिजिट भिसामार्फत ओमान पुगेर वर्किङ भिसामा परिवर्तन गर्दै उतै बस्ने क्रम बढेपछि ओमानले उक्त कार्यमा रोक लगाएको हो ।ओमानले विशेषगरी बंगलादेशी नागरिकहरूलाई सबै प्रकारका भिसा नदिने निर्णय गरेको हो । मस्टकस्थित नेपाली राजदूतावासले नेपालीहरूलाई समेत सचेत गराएको छ ।
कसैले ओमानमा भिजिट भिसा वा पर्यटन भिसामा ल्याएर रोजगारी दिलाउँछ भनेर प्रलोभवनमा पारेको खण्ड सचेत रहन आग्रह गरेको छ । त्यस्ता खालका गलत आश्वासन दिनेप्रति सचेत रहन दूतावासले आग्रह गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ कार्तिक २०८०, १५ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओमानमा पहिलो पटक सामाजिक सुरक्षासम्बन्धी विशेष कार्यक्रम
ओमानविरुद्ध नेपालको शानदार जित
नेपालले आज ओमानसँग खेल्दै
ओमानमा मनाइयो नेपालको राष्ट्रिय दिवस र संविधान दिवस
ओमानका विदेशमन्त्री काठमाडौँमा
ओमान टी-२० विश्वकपबाट बाहिरियो