काठमाडौं। ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत ७१९०७५३८८८९ कास आईडीका ग्राहक परशुराम तिमिलाले नगद रु एक लाख जितेका छन् ।२०८० कात्तिक ६ गते सोमवार भएको लक्की ड्र मार्फत तिमिलाले नगद रु एक लाख जितेका हुन् ।
नेपालकै अग्रणी डीटीएच सेवा प्रदायक डिशहोमले दशैं तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको हो ।यस योजना अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरूले हरेक हप्ता लक्की ड्र मार्फत नगद रु एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैं जीवनशैली अनुभव गर्न सक्नेछन् ।
त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद रु दश लाख, मिडियामा प्रसिद्धि र सेलिब्रेटी झैं जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् । यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरूले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ ।
सुपरस्टारको छनोट हरेक हप्ताको सोमवार डिशहोमको शोकेश, सरोकार टीभी, रमाइलो टीभी, डिशहोमको आधिकारिक फेसबूक पेज र इमेज टीभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ ।‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान असोज १ गतेदेखि सीमित अवधिको लागि नेपालभर लागू भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ कार्तिक २०८०, १३ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुपन्देहीको मुर्गियामा डिशहोमको नयाँ सेवा केन्द्र
देशभरका १५ शहरमा डिशहोमको रोड शो : धरान बसपार्कबाट शुरू हुँदै
डिशहोम मिसन ८१ : एक वर्षको रिचार्जमा थप १२ महिनासम्मको बोनस
डिशहोमले ल्यायो - मिसन ८१
डिशहोमको एक्सन स्पोर्टस एचडी वानले आहा रारा गोल्डकपको प्रत्यक्ष प्रसारण गर्ने
सबैभन्दा सस्तो इन्टरनेट सेवा दिने कम्पनी बन्यो डिशहोम