काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शासक वर्ग र बाह्य शक्तिका कारण नेपाल विकसित हुन नसकेको बताएका छन् ।मंगलबार काठमाडौँका आर्ट काउन्सिलमा भएको सुष्मा राजभण्डारीको १९ औँ एकल चित्रकला प्रदर्शनी उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपाल विकास हुन नसक्नुको कारण शासक वर्ग र बाह्य शक्ति रहेको बताए ।अध्यक्ष ओलीले नेपालीहरु लामो समयसम्म हातमुख जोड्न नै लागि परेको र साहित्य, संस्कृति र कला सिक्ने र हेर्ने अवसर नै प्रदान नगरिएको बताए ।
विभिन्न कालमा शासन गर्नेहरुले जनतालाई अवसरबाट वञ्चित गर्दा नेपाल पछि परेको उनको भनाइ थियो ।अध्यक्ष ओलीले कला, संस्कृति र साहित्य दरबारको मनोरञ्जनमा सीमित भएकाले यसको विकास हुन नसकेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ कार्तिक २०८०, १६ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका भ्रमण उपलब्धिमूलक भयो: प्रधानमन्त्री ओली
एमाले बैठकमा ओलीले उठाएका पाँच सवाल
संविधान संशोधनका बिषयमा भ्रम फैलाइयो : प्रधानमन्त्री ओली
एमालेमा कुनै पनि किसिमको गुटबन्दी स्वीकार्य छैन : अध्यक्ष ओली
एमाले कांग्रेसबिच संविधान संशोधनका लागि आयोग बनाउने सहमति भएको छैन : अध्यक्ष ओली
कांग्रेस पार्टी कार्यालयमा पुगे ओली