चलचित्र ‘अञ्जिला’ को छायांकन सुरु

सफल खबर संवाददाता

सोमबार, १३ कार्तिक २०८०, १३ : ३२
चलचित्र ‘अञ्जिला’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘अञ्जिला’ को छायांकन सुरु भएको छ । सोमबार इलामको आइतबारेदेखि छायांकन सुरु भएको सो  फिल्मका निर्देशक मिलन चाम्स हुन् । निर्देशक चाम्सले सामाजिक सञ्जालमार्फत फिल्मको छायांकन सुरु भएको जानकारी दिएका हुन् ।

 

राष्ट्रिय महिला फुटबल टिमकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म अञ्जिला पात्रको भूमिका एन्जिलाले नै निर्वाह गर्दैछिन् । फिल्ममा एन्जिलाको बाल्यकालदेखि राष्ट्रिय खेलाडी बन्दासम्मको संघर्ष र यात्रा देखाइनेछ ।

फिल्ममा एन्जिलासहित दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, विजय बराल, बुद्धि तामाङ लगायत कलाकारको अभिनय रहनेछ ।फिल्मको इलाम, झापा र काठमाडौंमा छायांकन हुनेछ । इलाममा २६ दिन र काठमाडौँमा १९ दिनको छायांकन तालिका रहेको फिल्म मुनलभ इन्टरटेनमेन्टको ब्यानरमा प्रेमकुमार श्रेष्ठले निर्माण गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस