काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ एक साताका लागि चीन जान लागेका छन् । चाइना ल सोसाइटीको निमन्त्रणामा प्रधानन्यायाधीश श्रेष्ठ चीन जान लागेका हुन्। सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेका अनुसार अक्टोबर २७ (शुक्रबार) चीन जान लागेका प्रधानन्यायाधीश श्रेष्ठ त्यसको एक सातापछि नेपाल फर्कने छन् । चीनमा हुने कार्यक्रममा नेपाल तथा चीनको कानुनी व्यवस्था लगायतको विषयमा छलफल हुनेछ । चीनमा त्यहाँका समकक्षीसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।
यसैबीच नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा पनि शुक्रबार नै चीन प्रस्थान गरेका छन् । चीनमा हुन लागेको दशौं बेइजिङ सियानसान फोरममा सहभागी हुन हुनी चीन प्रस्थान गरेका हुन् । अक्टोबर २९ देखि ३१ तारिकसम्म बेइजिङमा हुने कार्यक्रममा सहभागी हुन उनी शुक्रबार बिहान चीन प्रस्थान गरेका हुन् ।
‘कमन सेक्युरिटी, लाष्टिङ पिस’को थिम दिएर हुन लागेको यस कार्यक्रममा विश्वशान्तिका लागि राष्ट्रहरुको भूमिका, एसिया प्यासिफिक क्षेत्रको सुरक्षा लगायतका विषयमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० कार्तिक २०८०, १३ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सञ्जीव खन्ना बने भारतको ५१औं प्रधानन्यायाधीश
प्रधानन्यायाधीश राउत क्वालालम्पुर प्रस्थान
आजदेखि राउत नयाँ प्रधानन्यायाधीश
संविधानले परिकल्पना गरेका मूल्यमान्यताको व्यावहारिक कार्यान्वयन हुनुपर्छ: विश्वम्भरप्रसाद श्रेष्ठ
बंगलादेशमा नयाँ प्रधानन्यायाधीश नियुक्त
आन्दोलनकारीको अल्टिमेटमपछि बंगलादेशका प्रधानन्यायाधीशले दिए राजीनामा