शनिबार खण्डग्रास चन्द्र ग्रहण लाग्ने

सफल खबर संवाददाता

शुक्रबार, १० कार्तिक २०८०, ०७ : ४२
शनिबार खण्डग्रास चन्द्र ग्रहण लाग्ने

काठमाडौ । आश्विन शुक्ल पूर्णिमाका दिन कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ।

नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार राति १स्१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४स्१९ बजेदेखि सुरु हुनेछ। 

राति २:३८ बजे ग्रहणको मोक्ष अर्थात् समाप्त हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद प्रा.डा.देवमणि भट्टराईले जानकारी दिए।

समितिले स्वीकृति दिएका पात्रो (पञ्चांग) मा पनि यो चन्द्रग्रहण उल्लेख छ।यो चन्द्रग्रहण २०८० सालमा लाग्ने एउटै ग्रहण भएको समितिले जनाएको छ।

चन्द्रग्रहणको नौ घन्टा अघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद गौतमले बताए। गत वर्ष कात्तिक ८ गते सूर्यग्रहण र २२ गते चन्द्रग्रहण लागेको थियो। 

गत वर्ष चान्द्रमास अनुसार कात्तिक कृष्ण औंसीमा सूर्यग्रहण र कात्तिक शुक्ल पूर्णिमामा चन्द्रग्रहण लागेको थियो। सूर्यग्रहण औंसी र चन्द्रग्रहण पूर्णिमामा लाग्ने गर्छ। 

प्रतिक्रिया दिनुहोस