विश्वकप क्रिकेट: श्रीलंकासामु इंग्ल्याण्ड स्तब्ध

सफल खबर संवाददाता

विहीबार, ०९ कार्तिक २०८०, २० : १९
विश्वकप क्रिकेट: श्रीलंकासामु इंग्ल्याण्ड स्तब्ध

काठमाडौं । विश्वकप क्रिकेटमा श्रीलंकाले डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डलाई आठ विकेटको जित निकाल्दै स्तब्ध पारेको छ। भारतको बैंग्लुरुमा टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्याण्ड ३३ दशमलव २ ओभरमा १५६ रन मात्र बनाउँदै अलआउट भएको थियो। 

१५७ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको श्रीलंकाले २५ दशमलव ४ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो।इंगल्याण्डका ओपनर जोनी बेयरस्टो र डेविड मालनले पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरेका थिए। तर, थप १०१ रन जोड्दा सबै विकेट गुमायो।

बेन स्टोकले सर्वाधिक ४३ रन बनाए। बेयरस्टो ३० र मालन २८ रनमा आउट भए। श्रीलंकाका लागि पथुम निशान्काले नटआउट ७७ र सदीरा समरविक्रमाले नटआउट ६५ रनको योगदान दिए। त्यसअघि कुशल परेरा ४ र कुशल मेन्डिस ११ रन बनाउँदै आउट भएका थिए। 

इंग्ल्याण्डलाई १५६ रनमै अलआउट गर्ने क्रममा श्रीलंकाका बलर लहिरु कुमारले ३, एंगेलो म्याथ्यूज २, कसुन रजिथाले २ र महीस थाकसनाले १ विकेटल लिएका थिए।  इंग्ल्याण्डका लागि भने श्रीलंकाको दुवै विकेट डेविड वील्लेले लिएका थिए। 

 

प्रतिक्रिया दिनुहोस