विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मुलुकमा सुशानसका निम्ति भ्रष्टाचार र दण्डहीनताको समूल अन्त्य हुनुपर्ने बताएका छन्। विराटनगरमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले कोशी प्रदेश सरकारका कारण केन्द्रीय गठबन्धनमा कुनै असर नपर्ने बताए। उनले अहिलेको गठबन्धनको सरकार पूर्ण कार्यकालसम्म चल्ने भन्दै नेपाली कांग्रेस एक ढिक्का हुनुपर्नेमा जोड दिए।
उनले देश कुनै पनि द्वन्द्वमा फस्न नहुने भन्दै नेपाल एसियाको गरिब देश हुनुमा राजनीतिक दल र नेता प्रमुख कारक भएका बताए। केन्द्रीय सदस्य डा कोइरालाले विकासमा कोशी प्रदेश पछाडि पर्नाका कारण पनि राजनीतिक अस्थिरता हो भन्दै राजनीतिक दलले समाजलाई जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे।
उनले भने, “अन्य राजनीतिक पार्टीबाट समायोजन भएर आउने राजनीतिक दलका नेता र कार्यकर्तालाई नेपाली कांग्रेसले संरक्षणसहित अवसर पनि दिन्छ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ कार्तिक २०८०, १९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई तिहाइ पुर्याएर संविधान संशोधन गर्दिन्छौं भन्नु गलत : शेखर कोइराला
राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार : नेता डा. कोइराला
सबै दलसँगको समझदारीमा संविधान संशोधन गर्नुपर्ने : . शेखर कोइराला
सरकारबाट कांग्रेसले हात झिक्नुपर्ने अवस्था देख्दिनँ : शेखर कोइराला
कांग्रेसलाई एक्लै बहुमत ल्याउने पार्टी बनाउन लाग्नुस् : शेखर कोइराला
कांग्रेस महाधिवेशन समयमै नभए पार्टी धरासायी हुन्छ : शेखर कोइराला