काठमाडौ । भोजपुरमा सात वर्षीया एक बालिकाको बलात्कारपछि हत्या भएको छ।
आमचोक गाउँपालिका–६ टेङलुङछुकस्थित जंगलको गुफाको पानीमुनी शनिबार बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ।
बालिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २१ वर्षीय दिपचन्द्र राईलाई पक्राउ गरेको छ। उनी बालिकाका छिमेकी हुन्।
जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी सुदीपराज अनुसार बालिका गएको बिहीबार साँझ ६ बजेदेखि हराइरहेकी थिइन्। प्रहरी र स्थानीयले खोजी गर्ने क्रमममा शनिबार बालिकाको शव फेला परेको हो।
शरीरको तल्लो भागमा कपडा नभएको अवस्थामा बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ। शुक्रबार बिहानबाट इलाका प्रहरी कार्यालय बोयाङ र इलाका प्रहरी कार्यालय घोडेटारबाट गएको प्रहरी टोलीले खोजी सुरु गरेको थियो।
प्रहरी अनुसन्धानका क्रममा अन्तिम पटक दिपचन्द्रसँग बालिकाको भेट भएको खुलेपछि प्रहरी अनुसन्धान दिपचन्द्रप्रति सोझिएको थियो।
बालिकाका अभिभावकले पनि उनीमाथि कुनै शंका नगरेको अवस्थामा प्रहरीले उनलाई सोधपुछ गरेको थियो। उनले आफूलाई घटनाबारे केही थाहा नभएको बताएका थिए।
तर प्रहरीले उनको कपडा खोलेर हेर्दा ढाडमा चिथोरेका घाउ भेटिएको थियो। त्यसपछि उनले घटना स्वीकारेका प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ कार्तिक २०८०, ०७ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ उपत्यकामा ४ महिनामा १२४ वटा बलात्कारका घटना
नाबालिग बलात्कारको आरोपमा सशस्त्र प्रहरी हवलदार पक्राउ
२० वर्षीया युवतीमाथि बलात्कार र लुटपाट
भारतको पश्चिम बङ्गाल राज्यमा बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने कानून पारित
१५ वर्षीय बालिकालाई बलात्कार गर्ने एक पुरुष पक्राउ
झापामा १६ वर्षीया बालिकामाथि सामुहिक बलात्कारः ६ आरोपी पक्राउ, १ जना फरार