काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र प्यालेस्टिनी समूह हमास दुवैले आफ्ना छिमेकी प्रजातन्त्रलाई पूर्ण रुपमा मास्न चाहेको बताएका छन्।
उनले युद्धग्रस्त युक्रेन र इजरायललाई थप अर्बौं डलरको सैन्य सहयोगको स्वीकृतिका लागि आफूले संसद्लाई आग्रह गर्नेसमेत बताएका छन्। युद्धग्रस्त इजरायलको भ्रमणबाट फर्केपछि टेलिभिजनमार्फत देशवासीलाई सम्बोधन गर्दै बाइडेनले युक्रेन र इजरायलमा जारी युद्धबीच समानता खोज्ने प्रयास गरेका हुन् हमास र पुटिनले फरक–फरक खतरालाई प्रतिनिधित्व गरे पनि आफ्ना छिमेकी प्रजातन्त्रलाई समूल नष्ट गर्न चाहनु उनीहरुबीचको साझा कुरो भएको बाइडेनले बताएका छन्। एउटा महान् देशका रुपमा अमेरिकाको ठूलो जिम्मेवारी रहेको र सीमित पार्टीगत राजनीतिले त्यसमा अवरोध सिर्जना गर्न नहुने बाइडेनले विपक्षी रिपब्लिकनहरुलाई आग्रह गरेका छन्।
बाइडेनले हमास र पुटिनजस्ता तानाशाहलाई जित्न नदिने दृढता व्यक्त गरेका छन्। इजरायल र युक्रेनलाई व्यापक सहयोगका लागि आफूले संसदलाई आग्रह गर्ने जानकारी दिँदै बाइडेनले यो लगानीले विश्व नेताका रुपमा अमेरिकाको भविष्य सुनिश्चित गर्ने बताएका थिए।
हमास इजरायल युद्धको आज चौधौं दिन पुगेको छ। युद्धमा दुवैतर्फ गरी कम्तिमा पाँच हजार एक सय मानिसले ज्यान गुमाइसकेका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०३ कार्तिक २०८०, ११ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाइडेन र नेतन्याहुबिच युद्धविराम र बन्धकहरूको रिहाइबारे वार्ता
बाइडेनको निर्णयले तनावपूर्ण बन्दै रुस-युक्रेन युद्ध
मोदी र बाइडेनबीच भेटवार्ता
इजरायली प्रधानमन्त्री नेतान्याहुप्रति बाइडेन असन्तुष्ट
गाजामा युद्धविरामबारे जो बाइडेनको चेतावनी
बाइडेनले किन छाडे राष्ट्रपति चुनाव ? राष्ट्रका नाममा सम्बोधन गर्दै बताए कारण