मुख्य सचिवको प्रश्न- अतिरिक्त सचिव नहुँदा मुलुकलाई के असर पर्‍यो ?

सफल खबर संवाददाता

शुक्रबार, ०५ बैशाख २०८२, १४ : २१
मुख्य सचिवको प्रश्न- अतिरिक्त सचिव नहुँदा मुलुकलाई के असर पर्‍यो ?

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले भावनामा बगेर निजामती ऐन बनाउन नहुने बताएका छन् । आर्थिक भार थप्नेगरी पद सिर्जना नगर्न उनको आग्रह छ ।‘अतिरिक्त सचिव नभएर के असर पर्‍यो ?’ मुख्यसचिव अर्यालको प्रश्न छ ।

शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्ने क्रममा उनले अतिरिक्त सचिव पद सिर्जना गरेर मुलुकलाई आर्थिक भारमात्रै थपिने जिकिर गरे ।

‘अतिरिक्त सचिव अभ्यासमा फेल भएको अभ्यास हो,’ आर्यलले भने, ‘अतिरिक्त सचिव नभएकैले सेवा प्रवाहमा असर परेको हो ? वा के भएको हो ?’ आर्थिक रुपमा नेपाल लिमिटेड सोर्समा रहेको भन्दै उनले थपे, ‘पद सिर्जना गर्दै गर्दा ख्याल गरौं– भोलि स्टेट फेल हुने अवस्था आयो भने के हुन्छ ?’

प्रतिक्रिया दिनुहोस