कालीकोटमा पुन: अनिश्चितकालीन कर्फ्यु

आइतबार, ०९ पुस २०७४, ११ : २९
कालीकोटमा पुन: अनिश्चितकालीन कर्फ्यु

 चितवन । कालीकोटमा पुनः अनिश्चितकालीन कर्फ्यु लगाइएको छ । विहान २ घण्टाका लागि हटाइएको भएपनि फेरि अनिश्चितकालीन कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले जानकारी दिए । प्रहरीको गोली लागेर म्यादी प्रहरीको मृत्यु भएपछि तनाव भएको कालीकोटमा शुक्रबारदेखिनै कफ्र्यु लगाइएको छ ।

प्रमुख जिल्ला अधिकारी गैह्रेका अनुसार स्थिति सामान्य नबनेसम्म कर्फ्यु जारी रहने छ । पीडित पक्षले मृतकलाई शहीद घोषणा, उचित क्षतिपूर्ति व्यवस्था र म्यादी प्रहरीको तलबका विषयमा भएको विवादबारे छानबिन हुनुपर्ने माग राखेका छन् । घटनाबारे छानविन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव डा। मानबहादुर विकको संयोजकत्वमा समिति गठन गरेको छ ।
मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णयसमेत गरिसकेको छ ।

सरकारले गठन गरेको छानविन समितिप्रति समेत मृतकका आफन्तले असन्तुष्टि जनाएका छन् । सरकार पक्षका व्यक्तिहरुलाई मात्रै समेटेर छानविन समिति बनाइएको भन्दै उनीहरुले असन्तुष्टि जनाएका हुन् । आफन्त र स्थानीयवासीले छानविन समितिमा जिल्लाका जनप्रतिनिधिहरुलाई समेत राख्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस