काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज काठमाडौँको बसुन्धारास्थित लिङ्ग भैरवीको मन्दिरमा पुगेर पूजाआजा गरेकी छन् । नवरात्रको अवसर पारेर पूर्वराष्ट्रपति भण्डारीले लिङ्ग भैरवीमा आज दिउँसो पूजा आराधना गरेकी हुन् ।
उक्त मन्दिरमा अहिले नवरात्रको समयमा दैनिक एक हजारको सङ्ख्यामा भक्तजनले पूजापाठ गर्नुका साथै आरती, अभिषेक गरिरहेको मन्दिरका अध्यक्ष अम्बिका श्रेष्ठले जानकारी दिइन् । मन्दिरमा नवरात्रको समयमा बिहान ७ बजे, दिउँसो १२ बजे र राति ७ बजे आरती तथा अभिषेक कार्यक्रम गरिँदै आएको छ ।
अहिले नवरात्रको समयमा पनि चीन, भियतनाम, रुस, भारत, मङ्गोलिया, कम्बोडियालगायतका देशबाट पनि भक्तजनहरू दर्शन तथा पूजाआजाका लागि आउने गरेको मन्दिरका पुजारी स्वामी बज्र बालाले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ कार्तिक २०८०, १५ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महिला अधिकार तथा सशक्तीकरणमा राज्य सकारात्मक हुनु खुसीको कुरा हो : पूर्वराष्ट्रपति भण्डारी
ओली अब्बल राजनेता र कुशल रणनीतिकार : पूर्वराष्ट्रपति भण्डारी
राजनीतिमा सक्रियता बढाउँदै पूर्वराष्ट्रपति भण्डारी, छेक्ने दाउमा ओली
प्रकृति दोहनका कारण मानव जीवन नै संकटमा पर्न थाल्यो : पूर्वराष्ट्रपति यादव
सहिदहरूको बलिदानको कदर गर्न पूर्वराष्ट्रपति भण्डारीको आह्वान
अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको निधन