काभ्रे । काभ्रेमा टिपर चलाउन रोक लगाइएको छ । चाडपर्वको समयमा दुर्घटना बढेको भन्दै जिल्ला प्रशासन कार्यालय काभ्रेले टिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।घटस्थापना कै दिन टिपरको ठक्करबाट एक जनाको ज्यान गएपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले कार्तिक २ गते विहान ५ बजेदेखि कार्तिक १३ गते राती ९ बजेसम्म टिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माका अनुसार चाडपर्वको समयमा सवारी साधनको बाक्लो आवतजावत हुने, ट्राफिक व्यवस्थापन गर्न जटिलता पैदा हुने भएकाले जिल्लाभित्र र जिल्लाभित्रको अरनिको राजमार्ग र वीपी राजमार्गमा टिपर सञ्चालन गर्न रोक लगाउने निर्णय भएको हो ।
प्रजिअ शर्माको संयोजकत्व, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमको उपस्थितिमा बाग्मती टिपर व्यवसायी संघ र अन्य यातायात व्यवसायी समेतको उपस्थितिमा भएको छलफलमा उक्त निर्णय गरिएको हो।
दुर्घटना बढ्दै गएको भन्दै बैठकले टिपर तथा सार्वजनिक यातायातका चालकहरुलाई सचेतना कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरिक्षक जनार्दन घिमिरेकाअनुसार, असोज महिनामा भएका २५ सवारी दुर्घटना मध्ये ६ दुर्घटनामा टिपर संलग्न छन् । ७ जनाको ज्यान गएकोमा ३ जनाले टिपरको कारण ज्यान गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ कार्तिक २०८०, १६ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर