काठमाडौँ । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानमार्फत प्राप्त उपलब्धिहरूलाई हल्लाउने प्रयास भइरहेको बताएका छन् ।
मंगलबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले कतिपय काम र निर्णयमा टेकेर संविधान हल्लाउने प्रयास भइरहेको बताएका हुन् ।
'अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई विभिन्न बहानामा, विभिन्न कारणले हामीले गरेका कतिपय कामबाट, कतिपय निर्णयबाट तिनै कुरालाई बोकेर, मुद्दा बनाएर संविधानलाई हल्लाउने कोसिस भइरहेको छ । संविधानलाई चलाउने कोसिस भइरहेको छ,संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानमार्फत प्राप्त उपलब्धिहरूलाई हल्लाउने प्रयास भइरहेको छ । त्यसलाई जोगाउनु छ, कार्यान्वयन गर्नु छ ।' उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० असोज २०८०, १८ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनावको समयमा गरेका प्रतिवद्धता पुरा गरिरहेको छु : रक्षामन्त्री खड्का
रक्षामन्त्री खड्काद्वारा नेपाली सेनाको श्री नयाँ सबुज गण निरीक्षण
कर्णाली प्रदेशलाई समृद्ध बनाउने जिम्मेवारी राजनीतिकर्मी कै हातमा छ : रक्षामन्त्री खड्का