काठमाडौं । कोशी सरकार गठनमा पक्षधरता देखाएको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलको आलोचना सुरु भएको छ ।
कोशी सरकार गठनमा नेपाली कांग्रेसका शेखर कोइराला पक्षका केदार कार्कीले उम्मेदवारी दिए पछि त्यसलाई रोक्नका लागि राष्ट्रपति पौडेलले फोन संबाद गरे पछि आलोचना सुरु भएको हो ।
सोही सन्दर्भलाई लिएर राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि राष्ट्रपति पौडेलको उक्त कार्यको आलोचना गरेका छन । उनले सोही बिषयलाई लिएर राष्ट्रपति पौडेलले राजिनामा दिनु पर्नेसमेत माग गरेका छन् ।
‘कोसी प्रदेशमा मूख्यमन्त्री छान्ने प्रक्रियामा गठवन्धनको पक्षमा राष्ट्रपति रामचन्द्र पौडेलको सक्रियताले नेपालमा राष्ट्रपति सबैको साझा हुनसक्दैन भन्ने फेरि प्रमाणित भएको छ,’ अध्यक्ष थापाले भनेका छन, ‘पार्टी राजनीतिमा संलग्न पौडेललाई पदमा बस्ने नैतिकता छैन, तत्काल राजीनामा दिन रामचन्द्र पौडेललाई आग्रह गर्दछु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ असोज २०८०, ११ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिचान पक्षधरलाई सरकारले वार्तामा बोलायो
सशस्त्र प्रहरीको शान्ति सुरक्षामा महत्त्वपूर्ण योगदान छ : मुख्यमन्त्री कार्की
कोशी प्रदेश सभाको अधिवेशन माघ पहिलो साता
आगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
कोशी प्रदेशले संकटग्रस्त सहकारीको व्यवस्थापन गर्न समिति गठन गर्ने
ध्यान योगलाई विद्यालयस्तरसम्म जोड्नुपर्छ : मुख्यमन्त्री कार्की