विश्वकप क्रिकेट दक्षिण अफ्रिकाद्वारा अस्ट्रेलियालाई ३ सय १२ रनको लक्ष्य

सफल खबर संवाददाता

विहीबार, २५ असोज २०८०, १९ : ०८
विश्वकप क्रिकेट दक्षिण अफ्रिकाद्वारा अस्ट्रेलियालाई ३ सय १२ रनको लक्ष्य

काठमाडौँ । आईसीसी एक दिवसीय क्रिकेट विश्वकपमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ३ सय १२ रनको लक्ष्य दिएको छ ।

लखनउमा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ११ रन बनायो । दक्षिण अफ्रिकाका क्विन्टन डी ककले शतक बनाए । उनी १ सय ९ रन बनाएर आउट भए । यस्तै एडन मारक्रमले ५६ र कप्तान तेम्बा बभुमाले ३५ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्क र ग्लेन म्याक्सवेलले २- विकेट लिए ।

प्रतिक्रिया दिनुहोस