शुक्रबारबाट संसद्को बजेट अधिवेशन अन्त्य गर्ने सहमति

सफल खबर संवाददाता

विहीबार, २५ असोज २०८०, १५ : ०७
शुक्रबारबाट संसद्को बजेट अधिवेशन अन्त्य गर्ने सहमति

काठमाडौं । सत्तारुढ गठबन्धनमा संघीय संसदको चालु अधिवेशन भोलि शुक्रबारबाट अन्त्य गर्ने सहमति भएको छ । बिहीबार बसेको गठबन्धनको बैठकमा शुक्रबारबाट संसद्को चालु अधिवेशन अन्त्य गर्ने सहमति जुटेको हो । 

मन्त्रिपरिषद्को बैठक बसेर संसदको अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नुपर्ने र सोहीअनुसार राष्ट्रपतिले पनि सदनको चालु अधिवेशन अन्त्य गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।  
 

प्रतिक्रिया दिनुहोस