काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई जानकारी नदिईकन नेपाली भू-भागमा प्रवेश गर्न लागेकोमा एमाले नेता तथा पूर्वमन्त्री डा. भीम रावलले कडा आपत्ति जनाएका छन् । सरकार र प्रधानमन्त्रीले यस विषयमा जवाफ दिनुपर्ने उनको माग छ ।
भारतीय प्रधानमन्त्री मोदी आजै बिहान हेलिकोप्टर चढेर आदि कैलाश र पार्वती कुण्डको दर्शन गर्न पुगेका छन् । उनको ट्विटर अकाउन्टबाट पार्वती कुण्डमा दर्शन गरेको फोटो पनि सार्वजनिक भएको छ ।
मोदीले नेपालको सिमानाभित्र रहेको गुञ्जिका सात गाउँमा स्थानीय बासिन्दासँग छलफल गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस विषयमा सरकारले अहिलेसम्म कुनै पनि प्रतिक्रिया दिएको छैन । स्थानीय प्रशासन पनि बेखबरजस्तै देखिएका छन् ।
एमाले नेता डा. रावल यो निकै संवेदनशील विषय भएको बताए । उनी भन्छन्, ‘लिपुलेक, कालापानी लिम्पियाधुरा नेपालको भू-भाग हो । नेपालको नक्सामा नै ती क्षेत्रहरू समेटिएका छन् । त्यहाँ नेपालको जानकारी बेगर भारतीय प्रधानमन्त्रीले भ्रमण गर्नु सामान्य कुरा होइन ।’
नेपाल सरकारले यस विषयमा प्रतिक्रिया दिनुपर्ने रावलले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ असोज २०८०, १३ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीम रावलले धनगढीमा माघ २६ गते मातृभूमि जागरण भेला गर्दै
भीम रावलले टुंग्याए पार्टीको नाम
भीम रावलको अभियानलाई शुभकामनासहित झलनाथको दिए तीन बुँदे सुझाव
दोस्रो जनआन्दोलनमा गणतन्त्र ल्याउने एजेन्डा थिएन : भीम रावल
सुनसरीमा तय भएको कार्यक्रम रोकिएपछि बाटोबाटै फर्किए भीम रावल
भीम रावललाई स्वागत गर्न नेकपा एस र दुर्गा प्रसाईँका कार्यकर्ता विमानस्थलमा