काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले अर्थतन्त्रमा समस्या छ भनेर नकारात्मक प्रचार गरिएको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै उनले मुलुकको अर्थतन्त्रमा हल्ला गरिए जस्तो समस्या नभएको र जबरजस्ती गलत भाष्य सिर्जना गरिएको बताए ।
अर्थतन्त्रको सुधारका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्ने भन्दै उनले एकले अर्कालाई दोष दिएर समस्या समाधान नहुने बताए । ‘अर्थतन्त्र बिग्रियो खत्तमै भयो भन्ने भाष्य गलत छ,’ मन्त्री रिजालले थपे,’ सबै पक्ष मिलेर अघि जाने हो । एक अर्कोलाई दोष थोपरेर हिंड्नु गलत छ ।’
मन्त्री रिजालले ब्याजदर कम गर्न सरकारले पहल गर्नुपर्ने पनि बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ असोज २०८०, ११ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काटिएको बिजुली जडान गर्न ऊर्जामन्त्री र उद्योगमन्त्रीसँग व्यवसायीको आग्रह
देशभित्रै रोजगारी सिर्जना गर्न श्रमाधान मेला महत्वपूर्ण : मन्त्री भण्डारी
उद्योग र उद्यमशिलताको विकासविना मुलुक समृद्घ बन्दैनः मन्त्री भण्डारी
चीनको एकता र अखण्डताप्रति नेपाल प्रतिबद्ध छ : उद्योगमन्त्री भण्डारी