काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र चीन सदैव सुख दुःखमा साथ दिने अनन्य मित्रका रूपमा रहेको बताएका छन् । १७औँ नेपाल चीन (तिब्बत )आर्थिक तथा व्यापार मेलाको समुद्घाटन समारोहमा मन्त्री भण्डारीले नेपाल सदैव एक चीन नीतिको समर्थक रहँदै आएको बताए । चीनको एकता र अखण्डताप्रति नेपाल प्रतिबद्ध रहेको उनको भनाइ छ ।
‘उच्च हिमालयहरू र कठिन भौगोलिक अवस्थिति नेपाल चीन व्यापारमा कहिले पनि वाधाका रूपमा रहेनन्’, उनले भने, ‘हाम्रा पुर्खाहरूले यी वाधाहरूलाई हिमालय वारपार द्विपक्षीय व्यापार अभिवृद्धि गर्ने अवसरका रूपमा लिए त्यस कठिन समयमा जति बेला यातायातका आधुनिक साधनहरू उपलब्ध थिएन ।’
सन् १९७८ देखि अङ्गीकार गरेको खुल्ला अर्थनीतिबाट चीनले हालका वर्षहरूमा गरेका प्रगतिबाट आफू उत्साहित भएका बताउँदै मन्त्री भण्डारीले भने, ‘चीनसँग नेपालको व्यापार घाटा बढ्दै गइरहेको सन्दर्भमा त्यहाँको बजारलाई हेरी चिनियाँ लगानी औद्योगिक उत्पादनको विकास र विस्तार गर्न सकिने र यसबाट द्विपक्षीय व्यापारमा अभिवृद्धि हुँदै नेपालको निर्यात मुख्य भूमि चीन र तिब्बतमा बढ्न सक्नेछ ।’ चीन सरकारबाट प्रवर्धित बेल्ट एन्ड रोड इनिसियटिभ (विआरई)बाट नेपालले अधिकतम लाभ लिन चाहेको उल्लेख गर्दै मन्त्री भण्डारीले आगामी दिनमा दुई देशहरूबिच अझ गहन सहकार्य हुने विश्वास दिलाए ।
व्यापार मेलाहरू दुई देश बिच व्यापार प्रवर्द्धन गर्ने महत्त्वपूर्ण औजारको रूपमा रहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ बैशाख २०८१, ११ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काटिएको बिजुली जडान गर्न ऊर्जामन्त्री र उद्योगमन्त्रीसँग व्यवसायीको आग्रह
देशभित्रै रोजगारी सिर्जना गर्न श्रमाधान मेला महत्वपूर्ण : मन्त्री भण्डारी
उद्योग र उद्यमशिलताको विकासविना मुलुक समृद्घ बन्दैनः मन्त्री भण्डारी