अछाम । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली उद्यमीहरुले उत्पादन गरेका वस्तु अन्तर्राष्ट्रिय स्तरमा निर्यात हुने गरि योजना बनाइने बताएका छन ।प्रेस चौतारी नेपालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले उद्यमशिलता र रोजगारीविना मुलुक समृद्ध नबन्ने भएकाले सबैले उद्यम गर्नुपर्नेमा जोड दिए ।
उनले उद्योग र उद्यमशिलताको विकासविना मुलुकमा समृद्घि नआउने बताए । मन्त्री भण्डारीले ‘समृद्घ नेपाल र सुखी नेपाली’को लक्ष्य पूरा गर्न लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धन र विकासमा सरकार लागेको उल्लेख गरे ।
उनले स्थानीय कच्चा पदार्थको प्रयोगबाट सञ्चालित उद्योग र तिनका उत्पादनको प्रवद्र्धन तथा बजारीकरणबाट नै मुलुकमा बढ्दै गएको व्यापार घाटा न्यूनीकरणमा सघाउ पुग्नेसमेत बताए ।
उनले स्थानीय उत्पादनमा आधारित उद्यममा जोड दिए । उनले भने, “स्थानीय उत्पादन बढाउनु जरुरी छ, कृषिमा आधारित उद्योगलाई बढावा दिने सरकारको नीति पनि हो ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ बैशाख २०८१, ११ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काटिएको बिजुली जडान गर्न ऊर्जामन्त्री र उद्योगमन्त्रीसँग व्यवसायीको आग्रह
देशभित्रै रोजगारी सिर्जना गर्न श्रमाधान मेला महत्वपूर्ण : मन्त्री भण्डारी
चीनको एकता र अखण्डताप्रति नेपाल प्रतिबद्ध छ : उद्योगमन्त्री भण्डारी