काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई इजरायलमा रहेका नेपालीहरुको उद्धार गर्न छिटो पहलकदमी लिन आग्रह गरेको छ । सिंहदबारमा बसेको संसदीय दलको बैठकले इजरायलमा नेपाली विद्यार्थीहरुको मृत्यु भएकोप्रति दुख व्यक्त गरेको प्रमुख सचेतक हितराज पाण्डेले बताए ।
उनले भने, ‘इजरालय घटनामा नेपाली विद्यार्थीको निधन भएको छ । त्यो शव नेपाल ल्याउने, घाइतेहरुको उपचार लगायत नेपाल फर्कन चाहनेहरुलाई व्यवस्थित गरेर ल्याउने लगायतका बारेमा सरकारलाई छिटो पहलकदमी गर्ने निर्णय भएको छ ।’
अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकै सरकार छ । सरकारको तर्फबाट ४ बजे बस्ने मन्त्रीपरिषद्को बैठकले इजरायलमा रहेको नेपालीहरुको उद्धार र घाइतेको उपचारबारे निर्णय लिने उनले बताए । यस्तै, आजै बस्न लागेको सर्वदलीय बैठकमा पनि त्यसबारे छलफल हुने बताए ।
यस्तै, बैठकमा प्रधानमन्त्रीले पार्टीका सांसदहरुलाई जनताको प्रतिनिधि भएको देखिनेगरी काम गर्न निर्देशन दिएका छन् । बैठकमा संयुक्ता राष्ट्रसंघको महासचिवको नेपाल भ्रमणबारे छलफल पनि छलफल भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ असोज २०८०, १४ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
व्यक्ति मात्रै होइन पार्टीहरू नै माओवादीसँग जोडिन संवादमा छन् : प्रचण्ड
माओवादी पदाधिकारी बैठक माघ २ गते सर्यो
शान्ति प्रक्रिया राजनीतिक कारणले अड्कियो, सडकमा जाने तयारी गरौँ : प्रचण्ड
सरकारले संसद छलेर अध्यादेशमार्फत शासन गर्न खोजेको माओवादीको निष्कर्ष (प्रस्तावसहित)
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने
माओवादीले ६ महिनाभित्र पार्टी सदस्यता ५ प्रतिशत बढाउने