काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले निजामती सेवा विधेयक तथा नेपालको सार्वजनिक प्रशासनका सम्बन्धमा अध्ययन कार्यदल गठन गरेको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सार्वजनिक प्रशासनका भएका, हुनुपर्ने तथा गरिनुपर्ने व्यवस्थाका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न अध्ययन कार्यदल गठन गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
कार्यदलमा पूर्वसचिव शारदा प्रसाद त्रिताल, पूर्णचन्द्र भट्टराई, पूर्वसहसचिव भागवत खनाल, पूर्वप्रशासक तथा अधिवक्ता कृष्णप्रसाद अधिकारी र लिलाराज ढकाल रहेका छन् ।
यस्तै उर्जा क्षेत्रको विस्तृत अध्ययन गरी पार्टीको तर्फबाट उर्जा नीति, योजना र मार्गचित्र तयार गरी केन्द्रीय समितिलाई पेश गर्ने कार्यादेशका अर्को कार्यदल पनि गठन गरिएको छ ।
जसमा उर्जा तथा भूमिगत संरचना विज्ञ श्रीराम न्यौपाने, ऊर्जा विज्ञ देबेन्द्र कार्की, डा सरोज अधिकारी रहेका छन् ।
बैठकले पार्टीको केन्द्र, प्रदेश र पालिका तीनै तहमा “नव–प्रवर्तन तथा स्टार्टअप विभाग” गठन गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ असोज २०८०, २१ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाथीभरामा केवलकार निर्माण स्थगन गरियोस् : रास्वपा
आजदेखि रास्वपाको सातै प्रदेशमा ‘सर्वाङ्गीण संवाद’
प्रधानमन्त्री ओलीले बोल्दाबोल्दै प्रतिनिधि सभा बैठक कक्षमा रास्वपा सांसदको प्रवेश
रवि लामिछाने संसदीय दलको कार्यालय जाँदै, सभामुखलाई भेट्ने
रास्वपा संसदीय दलको बैठक बस्दै, यस्ता छन् एजेन्डा
रास्वपाको सचिवालय बैठक बस्दै