काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले शिक्षकहरूमा आमाले झैँ शिक्षा दिने भावना बनाउने कानुन निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । शुक्रवार विद्यालय शिक्षासम्बन्धी सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद खतिवडाले उनले सकारात्मक भावना भएको शिक्षक र विद्यार्थी उत्पादन गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
उनले भने– ‘राम्रो शिक्षा दिन सकिएन भने त्यसले केही अर्थ दिँदैन । विद्यालयभन्दा पहिलो पाठशाला घर नै हो, आमा नै हो भन्ने जुन भावना थियो, त्यो भावना गुरुहरूले आमाको काखमा हुर्किएको जस्तो शिक्षा दिने सबैलाई अनुभूति होस् ।’
२०७४ साल चैत २८ गतेपछि नियुक्त भएका शिक्षकहरूलाई पेन्सनबाट वञ्चित गरिने कुरा उल्लेख भएको बताउँदै खतिवडाले अघिल्लो दिन चैत २७ गते नियुक्त भएको शिक्षकले पेन्सन पाउने तर भोलिपल्ट नियुक्त भएकोले नपाउने स्थिति पनि उपयुक्त नहुने उनले बताए ।
उनले यसबारे समितिमा गम्भीर ढङ्गले दफावार छलफल हुने उल्लेख गरे ।शिक्षा क्षेत्रमा बाहुबलको प्रयोग गर्न नहुने बताउँदै उनले वीपी कोइरालाले भनेझैँ विचार, सिद्धान्त र ज्ञानको भण्डारको रूपमा हुनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ असोज २०८०, १४ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले पूर्वराजालाई शाही निसान प्रयोग नगर्न भन्नुपर्यो : रामहरि खतिवडा
७० वर्षमाथिकालाई राष्ट्रिय परिचयपत्र लागू नगर्न कांग्रेस सांसद खतिवडाको माग
विधेयक संशोधनमा प्रधानमन्त्रीको हस्तक्षेप छैन : सभापति खतिवडा
सांसद खतिवडाको प्रश्न- पूर्वराष्ट्रपतिले पार्टीको सदस्यता नवीकरण गरे सरकारी सुविधा लिन मिल्छ ?
घाटामा प्रस्तुत गर्ने बजेटले देशको विकास र समृद्धि हुन सक्दैन: सांसद खतिवडा
संवैधानिक पदाधिकारीको नियुक्ति योग्यताको आधारमा हुनुपर्छ : रामहरि खतिवडा