काठमाडौँ । हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणमा प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस पूरा भएको छ । प्रतिवादीका कानुन व्यवसायीको बहस सकिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले बताए ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा अब सरकारी वकिलहरूले जवाफ दिँदैछन् । जिल्ला न्यायाधीवक्ता जनकप्रसाद घिमिरेसहित ३ जना सरकारी वकिलले जवाफी बहस गर्ने भएका छन् ।
सुन प्रकरणमा अहिले २६ जना थुनामा छन् । जवाफी बहस सकिएपछि प्रतिवादीलाई धरौटीमा छाड्ने वा पुर्पक्षका लागी थुनामा पठाउने भन्नेबारे आदेश आउँछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ असोज २०८०, १३ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६० किलो सुन तस्करीमा दिपेश पुनको संलग्नता देखिएन : सीआईबी
६० किलो सुन तस्करी प्रकरणमा थर्कमान लामा पक्राउ
सुन तस्करी प्रकरण : जीवन चलाउनेविरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी
सुन तस्करी प्रकरणमा काठमाडौंबाट दुई जना पक्राउ
गृहले बनायो फेरि अर्को छानबिन समिति
पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानतमा रिहा