काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा आर्थिक विकास गरी विपन्न समुदायको सामाजिक रुपान्तरण गर्नुपर्ने खाँचो औल्याएका छन् ।
पार्टीद्वारा सञ्चालित समाजवाद जागरण अभियान अन्तर्गत आज अमलेखगञ्जमा आयोजित सभालाई सम्बोधन गर्दै उनले जनताको लामो समयदेखिको सङ्घर्षबाट राजनीतिक उपलब्धि प्राप्त भएको भए पनि उनीहरुको आर्थिक विकास तथा सामाजिक सुरक्षा हुन नसकेको बताएको सो पार्टीको सचिवालयले जनाएको छ ।
उनले देश विकास र जनताको आर्थिक समृद्धिको सङ्कल्प पूरा गर्न आफ्नो पार्टी क्रियाशील रहेको जनाउँदै मुलुक रुपान्तरणका लागि सबै जाति समुदायका समस्या समाधान गर्न समाजवादी व्यवस्था कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
सभामा पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले रोजगारी, सुशासन र समृद्धिको नारासहित सुरु भएको अभियानको औचित्यबारे स्पष्ट पारे । उनले धार्मिक सहिष्णुता कायम गर्न सबै जाति समुदायको एकताबद्ध हुनुपर्नेमा जोड दिए ।
पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठले देशमा गाउँसम्म वैज्ञानिक समाजवादको जागरण फैलाउनुपर्ने बताए । अभियान अन्तर्गत कांकडभिट्टा, विर्तामोड, दमक, उर्लाबारी, विराटचोक, इटहरी, इनरुवा, भारदह, राजविराजमा, छिन्नमस्त, अर्नाह, भगवानपुर, सिरहा सदरमुकाम, बन्दीपुर र जदुकुहा, जलेश्वर, ढल्केबर, बर्दीबास, लालबन्दी, गरुडा, हर्नैया, कलैया र वीरगञ्जमा सभा गरिएको थियो ।
पार्टीका शीर्षनेताहरुले सम्बोधन गरेको अभियानमा कार्यकर्ता भेला, पत्रकार सम्मेलन र अन्तरक्रियासमेत गरिएको थियो । अभियान यही असोज २९ गते सुर्खेतमा सम्पन्न हुने छ
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ असोज २०८०, १३ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चाडपर्वले आपसी सद्भाव,सहिष्णुता र एकतालाई सुदृढ गर्न सहयोग पुग्छ : माधव नेपाल
अपाङ्गता भएका व्यक्तिको संवैधानिक अधिकार संरक्षण गर्नुपर्छ : माधव नेपाल
सामाजिक सद्भाव कायम गर्न छठ महत्त्वपूर्ण : माधव नेपाल
अध्यक्ष नेपाल नेतृत्वको प्रतिनिधिमण्डल भेनेजुयला प्रस्थान
महाधिवेशनमा हारेकाले फुटको हल्ला चलाए, पार्टी एकढिक्का छ : माधवकुमार नेपाल
विश्वविद्यालयहरुले समयसीमा भित्र रहेर शैक्षिक कार्यक्रमहरु तय गर्नुपर्छ : माधव नेपाल