काठमाडौँ । नेपाल र युरोपेली देश रोमानियाबीच आज द्विपक्षीय श्रम सम्झौता हुँदैछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र समकक्षी सिमोना वुक्युरा–अप्रेस्क्युबीच श्रम सम्झौतामा हस्ताक्षरको तयारी छ ।
पछिल्लो समय रोमानिया नेपाली श्रमिकको रोजाइको श्रम गन्तव्य बन्दै गएको छ । गएको तीन वर्षमा १० हजारभन्दा धेरै नेपाली श्रम स्वीकृति लिएर रोमानिया पुगिसकेका छन् । सरकारले असोज २३ गते मङ्गलवार जर्मनीसँग पनि श्रम समझदारी (एमओयू) गर्ने तयारी छ ।
जर्मनीसँग त्यहाँ श्रम हेर्ने विभागका प्रतिनिधि र नेपालका तर्फबाट श्रम मन्त्रालयका प्रतिनिधिबीच श्रम समझदारी हुने मन्त्रालयले जनाएको छ । रोमानिया र जर्मनीसँग श्रम समझदारीपछि त्यसको कार्यान्वयनको ढाँचा दुई देशका प्रतिनिधि रहने गरी समिति बनाइने छ र समितिले त्यसको सबै विषय टुङ्गो लगाउने छ ।
गएको मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले यी दुई देशसँग श्रम सम्झौता गर्न स्वीकृति दिने र यससम्बन्धी कार्यक्रममा सहभागी हुन श्रममन्त्री भण्डारी नेतृत्वको प्रतिनिधिमण्डललाई तोकेको थियो । बुधवार मन्त्री भण्डारी नेतृत्वको टोली रोमानिया प्रस्थान गरेको थियो ।
वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा नेपालीले श्रम गन्तव्य बनाएका प्रमुख १० वटा युरोपेली देशमा रोमानिया, क्रोएसिया, साइप्रस, पोल्यान्ड, माल्टा, बेलायत, सर्बिया, पोर्चुगल, ब्रुनाई र क्यानडा रहेका छन् । यी देशमा जान गएको आर्थिक वर्षमा ४४ हजार ३ सय २७ जनाले श्रम स्वीकृति लिएको तथ्याङ्कमा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ असोज २०८०, ११ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्रे लिस्टबाट निस्कने नेपालको कार्ययोजना स्वीकृत
विश्वकप च्याम्पियन इटालियन गोलकिपर बफोन नेपाल आउने
किर्गिस्तानमाथि नेपालको पहिलो अग्रता
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि छलफलको प्रस्ताव स्वीकृत
नेपाल-कम्बोडिया सम्बन्धका विविध पक्षमा छलफल
नेपालले नेदरल्यान्ड्सलाई दियो १४६ रनको लक्ष्य