काठमाडौँ । विधायनसम्बन्धी विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएको छ । बिहीबार बसेको राष्ट्रिय सभाको दोस्रो बैठकमा प्रस्तुत भएको विधेयक सर्वसम्मतिले स्वीकृत भएको हो ।
बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधायन सम्बन्धी विधेयक, २०८० माथि संसदमा विचार गरियोस् भन्ने सरकारले पेश गरेको विधेयक सर्वम्मतिले पास भएको घोषणा गरे । विधायन सम्बन्धी विधेयक २०८० कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले राष्ट्रिय सभामा पेस गरेका थिए ।
उनले संसदीय समितिको निर्देशन बमोजिम सरोकारवालाहरूको छलफलपछि प्राप्त सुझावलाई समेटेर विधायन सम्बन्धी विधेयक, २०८० तयार पारेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ असोज २०८०, १६ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभाको कार्यव्यवस्था बैठक सुरु
सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच छलफल
रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ : सिटौला
राष्ट्रिय सभा सदस्यमा डा.अञ्जान शाक्य नियुक्त
राष्ट्रिय सभाको बैठक केहीबेरको लागि स्थगित
‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धी’ संकल्प प्रस्ताव राष्ट्रिय सभामा पेश