काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठक सञ्चालनका सम्बन्धमा प्रमुख सचेतकहरुसँग छलफल गर्दैछन् ।
सभामुख घिमिरेले प्रमुख सचेतकहरुसँगको बैठक बिहान साढे १० बजे आह्वान गरेका हुन् । प्रतिनिधि सभाको बैठक भने बिहान ११ बजे तय भएको छ ।
सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गर्दै आएको छ ।
समिति गठन गर्न सत्तापक्ष र प्रतिपक्ष दलहरु सहमत भएका छन् । तर त्यसको कार्यादेश के हुने भन्ने टुंगो लागेको छैन ।
कार्यादेश टुंगो लगाउन कानुन मन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन भएको छ । सो कार्यदलको बैठक कानुन मन्त्रालयमा जारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ जेठ २०८१, १० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुखलाई भेट्न सिंहदरबार जाँदै रवि लामिछाने
सभामुख घिमिरेले गराए राप्रपा सांसद राणा पक्राउको सूचना सदनलाई जानकारी
सभामुखले गरे प्रमुख दलका सचेतकहरूसँग छलफल
सभामुखले डाकेको छलफल निष्कर्षविहीन
संसदको अवरोध खुलाउने प्रयासमा सभामुख
आईपीयूको महासभामा सहभागी हुन सभामुख घिमिरे उज्वेकिस्तान जाँदै