काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरुद्ध सुशासनको अभियान सरकारले जारी राख्ने बताएका छन् । भ्रष्टाचार, अपराधीकरणलाई प्रभावकारी नियन्त्रण गरी दण्डहीनताको अन्त्य गर्नु सरकारको मिसन भएको जिकिर गर्दै अभियान जारी राख्ने बताएका हुन् ।
‘सरकारमा पनि रहिराख्ने अनि तैं चुप मैँ चुपको धन्दा हामी चलाउँदैनौँ । सुशासन, समृद्धि र सामाजिक न्यायलाई सरकारले मूल मन्त्र बनाएको छ । यो अभियान जारी रहन्छ,पूर्णविराम लाग्दैन’, सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले भने- ‘हामी भ्रष्टाचारविरुद्धको अभियान अगाडि बढाउँछौँ । अपराधीकरणको प्रभावकारी नियन्त्रण गरी दण्डहीनताको अन्त्य गर्छौँ ।’
कर्मचारीले सुराकीका नाममा र मन्त्रीले अपारदर्शी रूपले खर्च गर्न पाउने पञ्चायतकालीन प्रावधान खारेज गरेर सुशासनको अभियान अगाडि बढाएको श्रेष्ठले बताए । नक्कली शरणार्थी प्रकरण, ललिता निवास, ६१ किलो सुन छानबिनसहित मुद्दा दायर भएको, सामन्तवादको अवशेषका रूपमा रहेको मिटर ब्याजलाई नियन्त्रण र कारबाही गर्न सरकारले नयाँ ऐन बनाएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ असोज २०८०, १३ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी संविधान संशोधनको पक्षमा छ : उपाध्यक्ष श्रेष्ठ
पार्टीभित्र रहेको समस्या रूपान्तरण अभियानबाट हल गछौँ: नारायणकाजी श्रेष्ठ
माओवादीभित्र गुटवाद र व्यक्तिवादको समस्या छः नारायणकाजी श्रेष्ठ
माओवादी ‘जनयुद्ध’ कै कारणले अहिलेको परिवर्तन र उपलब्धि भएको हो : नारायणकाजी श्रेष्ठ
संक्रमणकालीन आयोगमा तत्काल पदाधिकारी नियुक्त गर्न सरकारसँग माग
सरकारले अलोकतान्त्रिक तरिकाले देश चलाउन खोज्यो : श्रेष्ठ