काठमाडौं । चीनमा जारी १९ औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको जारी खेलमा नेपालले दोस्रो जित निकालेको छ ।
आइतबार भएको खेलमा नेपालले माल्दिभ्सलाई १३८ रनले पराजित गरेको हो । नेपालले दिएको २१३ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले १९.४ ओभरमा १० विकेट गुमाउँदै ७४ रन मात्रै बनाउन सक्यो ।
माल्दिभ्सका लागि मुआवियाथ घनीले ३६ रन र फरीद शिउसले १० रन बनाए । अन्यले दोहोरो रन जोड्न सकेनन् । नेपालका लागि अविनाश बोहराले ६ विकेट लिए ।
टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १२ रन जोडेको थियो ।
नेपालका लागि कप्तान रोहित पौडेलले ५२, गुल्सन झाले ३५ , कुशल मल्लले ४७ र कुशल भुर्तेलले ३५ रन बनाएको खेलमा माल्दिभ्सले फराकिलो चुनौती पाएको हो ।
यसो त ६७ रनमा ४ विकेट गुमाएको नेपालको खेललाई रोहित, गुल्सन र कुशल मल्लले सम्हालेर २१३ रनको लक्ष्य दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ असोज २०८०, १० : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माल्दिभ्सलाई १३ गोल गर्दै भुटान सेमिफाइनलमा
माल्दिभ्सका राष्ट्रपति मुइज्जु भारत भ्रमणमा
माल्दिभ्समा तीज कार्यक्रम हुँदै, कमल बीसीदेखि विन्दु परियारसम्मको प्रस्तुति
माल्दिभ्सले लगायो इजरायलका नागरिकमाथि प्रतिबन्ध
‘मे १० सम्म भारतीय सेनाले देश छाडने छन्' : माल्दिभ्स राष्ट्रपति