काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका ११ फट्टे स्थित बाटोको छेउमा लगाएको पर्खालबाट हाम फाली बेपत्ता भएका व्यक्तिको शव सशस्त्र प्रहरीले शुक्रबार फेला पारेको छ ।
सोही जिल्लाको हेलम्बु गाउँपालिका ६ घर भई काठमाडौँ महानगरपालिका–६ महांकाल बस्दै आएका ६४ वर्षीय विष्णुप्रसाद गजुरेल असोज ११ गते उक्त खोलामा हाम फाली बेपत्ता भएका थिए ।
सो घटनाबारे जानकारी पाउनासाथै उनको खोजी कार्यको लागि सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस मेलम्चीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक राजेश फुयाँलको कमाण्डमा खटिएको सुरक्षा फौजले उनको शव मेलम्चीको ढकालखहरेस्थित ईन्द्रावती खोलाको बिच भागमा फेला पारेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ असोज २०८०, ११ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सप्तकोशीमा बेपत्ता २ जना अझै भेटिएनन्, खोजी जारी
पौडी खेल्न गएका दुई बालक नारायणी नदीमा बेपत्ता
एक महिने शिशु सुतेको ठाउँबाटै बेपत्ता
३ महिने शिशु बेपत्ता, अपहरणको आशंका
माछा मार्न गएका युवक नदीमा बेपत्ता
त्रिशूलीमा बेपत्ता मोटरसाइकल चालक खोज्न गोताखोर परिचालन