काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देश र जनताको हितको निम्ति आफ्नो पार्टी सदैव अग्रपंक्तिमा उभिन तयार रहेको बताएका छन्।
अध्यक्ष नेपालले समाजवादी जागरणको माध्यमबाट रोजगारी, सुशासन र समृद्धिको बाटोमा मुलुकलाई अघि बढाउन आफ्नो पार्टीले ‘मेची-महाकाली जागरण अभियान तथा सङ्गठन विस्तार’ कार्यक्रम सुरु गर्न लागेको पनि स्पष्ट पारे। यही असोज १४ गतेबाट सो पार्टीले झापाको मेची नदी किनारबाट सो अभियानको शुभारम्भ गर्दैछ।
आज पार्टी केन्द्रीय कार्यालय आलोक नगरबाट सो अभियानको पहिलो तयारी टोलीलाई बिदाइ गर्दै अध्यक्ष नेपालले सो अभियानले आम जनतामा समाजवादप्रति उत्साह ल्याउने र पार्टी कार्यकर्ता पंक्तिमा पनि जागरण ल्याउने विश्वास व्यक्त गरे। उनले सो अभियानमा सहभागी हुन पनि सबैलाई आह्वान गरे।अध्यक्ष नेपालले अभियानको क्रममा विभिन्न जिल्लाहरूमा विभिन्न कार्यक्रमहरू आयोजना हुने र त्यसले समाजवादको सन्देश आम जनताको घरदैलोमा पुर्याउने बताए।
अध्यक्ष नेपालले अभियानका क्रममा पार्टीको सदस्यता बिस्तारको काम पनि हुने बताए । उनका अनुसार सो अभियान असोज २८ गते महाकाली नदीको किनारामा पुगेर समापन हुनेछ। अभियानका क्रममा रोजगारी, सुशासन र समृद्धिको पक्षमा नारा घन्काउने, समाजवादप्रतिको पार्टीको धारणाहरू आम जनतालाई जानकारी गराउने लगायतका जन पक्षीय कामहरू हुने पनि नेकपा (एकीकृत समाजवादी)ले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ असोज २०८०, १९ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झलनाथ खनालले भने -पार्टीले गरेको कार्य विभाजन चित्त बुझेन
यस्तो छ नेकपा एसका नेताहरुको कार्य विभाजन प्रस्ताव, कसलाई कुन जिम्मेवारी ?
सर्वोच्चको फैसलाले निजी सम्पत्तिमाथिको संवैधानिक अधिकार हनन् भएको नेकपा एसको ठहर
एकीकृत समाजवादीका २ सय ५१ केन्द्रीय सदस्यले लिए शपथ
नेकपा एसले दियो प्रदेश इन्चार्ज र सचिवलाई केन्द्रीय कमिटी सदस्यको ड्राफ्ट तयार गर्ने जिम्मा
एकीकृत समाजवादीको महाधिवेशन : विशिष्ट नेताको सुरक्षा जिम्मेवारी राजनीतिक कमिटीलाई