काठमाडौँ। नेपालको पहिलो डिजिटल वालेट "आइएमई पे" मार्फत सेवाग्राहीहरूले सजिलै आफ्नो Systematic Investment Plan (SIP ) को रकम भुक्तानी गर्न सक्ने भएका छन् । SIP भुक्तानी सेवा प्रदान गर्न आइएमई पेले एन आई सी एशिया क्यापिटल तथा कुमारी क्यापिटलसँग सम्झौता गरेको हो।
सो सम्झौता अन्तर्गत अब आइएमई पेका सेवाग्राहीहरूले एनआईसी एशिया क्यापिटल को NIC Asia Dynamic Debt Fund तथा कुमारी क्यापिटलको Kumari Sunaulo Lagani Yojana को SIP Installment तथा Unit Purchase को भुक्तानी गर्न सक्नेछन् ।
पछिल्लो केही समय यता पुँजी बजारमा एसआईपी लोकप्रिय बन्दै आईरहेको र यसको भुक्तानीलाई थप सहज पार्दै आइएमई पेले आफ्नो सेवाग्राहीहरुको लागि यो सेवा सुचारु गरेको आइएमई पेका सीइओ प्रवीन रेग्मीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ असोज २०८०, १० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आइएमई पे एपमा बैंक खाता लिंक गरी स्मार्ट फोन जित्ने मौका
बुढासुब्बा गोल्ड कपको टिकट आइएमई पेबाट काट्न सकिने
आइएमई पेमा डिजिटल बिमा फिचर