काठमाडौँ । जनमत पार्टीले कुनै पनि दलसँग एकता र गठबन्धन नगर्ने प्रष्ट पारेको छ । बिहीबार पत्रकारसँगको छलफलमा जसपाका प्रवक्ता डा. शरदसिंह यादवले अन्य दलसँग राजनीतिक सम्बन्ध राख्ने तर पार्टी एकता र गठबन्धन नगर्ने प्रष्ट पारेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीसँग सम्बन्ध रहेको भन्दै उनले पार्टी एकता र गठबन्धन भने नगर्ने बताए । यस्तै प्रवक्ता यादवले जसपाका अध्यक्ष उपेन्द्र यादवसँग सप्तरीमा चुनाव लडेपछि मनमुटाब भएको तर अहिले त्यस्तो नरहेको पनि बताए ।
मधेस प्रदेशमा जसपा नेतृत्वको सरकारमा जनमत पनि सहभागी रहेको भन्दै उनले राजनीतिक सम्बन्ध पनि राम्रो रहेको बताए । प्रवक्ता यादवले नागरिक उन्मुक्ति र लोसपासँग उपराष्ट्रपतिका लागि मोर्चाबन्दी भएको तर उनीहरुले धोका दिएपछि मोर्चा अगाडि नबढेको बताए ।
उनले भने,'जनमत पार्टी मिसन २०८४ मा लागेको छ । आउने चुनावमा कम्तीमा दुई वटा प्रदेशमा बहुमत ल्याउँछौँ , सरकार पनि बनाउँछौँ । संघमा पनि बलियो उपस्थिति देखाउने गरी तयारी भइरहेको छ ।'
प्रवक्ता यादवले बाध्यतावश संघीय सरकारमा गएको बताए । जुन मन्त्रालय लिएपनि काम गरेर देखाउने भन्दै उनले काम गर्न सकेन भने पार्टीले त्यसको बारेमा पुनः छलफल गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ असोज २०८०, १६ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमतले बोलायो केन्द्रीय समिति बैठक
कवाड व्यवसायीलाई काठमाडौं महानगरले ज्यादती गर्योः जनमत
जनमत पार्टीका केन्द्रीय सदस्यसहित युवा नेता जसपा नेपालमा प्रवेश
जनमत पार्टीले मनायो ‘धोती दिवस’
जनमत पार्टीले आज धोती दिवस मनाउने
सामाजिक सञ्जाल प्रयोगमा जनमतको कडाइ- नेताको पक्षमा पोष्ट नगर्नेको तह घटुवादेखि बर्खास्तीसम्म