‘ई’का प्रतिनिधिसँग वार्ता चलिरहेको समयमा बालेन सभागृहकै अर्को कार्यक्रममा

सफल खबर संवाददाता

मंगलबार, ०९ असोज २०८०, १६ : ००
‘ई’का प्रतिनिधिसँग वार्ता चलिरहेको समयमा बालेन सभागृहकै अर्को कार्यक्रममा

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको कार्यशैलीप्रति विमति जनाउँदै धर्नामा रहेका अभियन्ता ‘ई’का प्रतिनिधिसँग राष्ट्रिय सभागृहमा वार्ता चलिरहेको छ ।महानगरको टोलीसँग वार्ता चलिरहेको समयमा मेयर शाह सभागृहकै अर्को कार्यक्रममा सहभागी भएका छन् ।

 

 

डा गौरीशंकरलाल दासको जन्मशताव्दी कार्यक्रममा मेयर शाह सहभागी भएका हुन् । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, कांग्रेस महामन्त्री गगन थापालगायत सहभागी कार्यक्रममा मेयर शाह पनि सहभागी भएका हुन् ।

 

काठमाडौं महानगरले नै डा दासको जन्मशताव्दी मनाउन लागेको हो । राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य समेत रहेका दास यही असोजमा १०० वर्ष पूरा भएका छन् । 

प्रतिक्रिया दिनुहोस