काठमाडौं । वाणिज्य विभागले टोखाको एक पानी उद्योगलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ ।बजार अनुगमनका क्रममा उद्योगमा कैफियत देखिए पछि जरिवाना गरिएको विभागले जनाएको छ ।
नियमित बजार अनुगमनका क्रममा अनुगमन टोलीलले फ्याक्ट्रीमा कैफियत फेला पारेको विभागका प्रवक्ता पोखरेलले जानकारी दिए । तर, सो कैफियात के हो उनले खुलाएनन् ।विभागले उक्त फर्मलाई सोमबार कारबाही गरेको हो । फर्मको कारबाही विवरणमा रिलेबलिङ वा गुणस्तर हेरेफेर गरेको, परिमाण र मूल्यमा ढाँटेको भनेको छ । यस्तै, विभागले ६ वटा पानी उद्योगसँग कागजात माग गरेको छ ।
सोमबार विभागको अनुगमन टोलीले ३४ वटा फरक–फरक क्षेत्रमा बजार अनुगमन गरेको थियो ।नेपाल बोत्तल बन्द पिउने पानी उद्योग संघले भने कारोबार पारदर्शी नभएको भन्दै पानी उद्योगमाथि कारबाही गरेको जनाएको छ ।संघका अध्यक्ष ध्रुव गौतमकाअनुसार कारोबार रकम एक करोड नाघेको तर प्यानमै कारोबार गरिरहेको पाइएपछि कारबाही गरिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ असोज २०८०, १३ : ३७
लेखकबाट थप