एसियाली खेलकुद: महिला फुटबलमा नेपाल पहिलो पटक जापानसित खेल्दै

सफल खबर संवाददाता

सोमबार, ०८ असोज २०८०, १० : ३३
एसियाली खेलकुद: महिला फुटबलमा नेपाल पहिलो पटक जापानसित खेल्दै

काठमाडौ । १९औँ एसियाली खेलकुदअन्तर्गत महिला फुटबलमा नेपालले आज जापानसित खेल्ने भएको छ ।

नेपाल र जापानबीचको खेल आज साँझ सवा ५ बजे शुरू हुने छ । महिला फुटबलमा नेपालले जापानसित पहिलो पटक खेल्न लागेको हो । 

यसअघि समूह चरणको चरणको पहिलो खेलमा शुक्रबार नेपालले भियतनामसित हार बेहोरेको थियो । नेपाल भियतनामसित २–० गोल अन्तरले पराजित भएको हो ।

जापानले भने पहिलो खेलमा बंगलादेशलाई ८–० गोलअन्तरले पराजित गरेको थियो । समूह डी मा रहेको नेपाल अंक तालिकाको तेस्रो स्थानमा छ। समूहमा जापान शीर्ष स्थानमा रहेको छ । 

यस्तै भियतनाम दोस्रो स्थानमा तथा बंगलादेश अंक तालिकाको पुछारमा रहेको छ। नेपालले समूह चरणको अन्तिम खेल असोज ११ गते बंगलादेशसित खेल्ने छ । 

प्रतिक्रिया दिनुहोस