काठमाडौं । कार्यबाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आज सम्पन्न नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय साधारणसभा तथा अधिवेशनबाट निर्वाचित अध्यक्ष र पदाधिकारीहरूलाई बधाई एवं सफल कार्यकालको शुभकामना दिएका छन्।
कार्यबाहक प्रधानमन्त्री खड्काले समाजिक सञ्जाल मार्फत अध्यक्षमा निर्वाचित चतुरबहादुर चन्द, सचिवमा निर्वाचित पारस खड्कासहित नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन्।
कार्यबाहक प्रधानमन्त्री खड्का शुक्रबार सुरु भएको नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय साधारणसभा तथा अधिवेशनमा प्रमुख अतिथिको रुपमा सहभागी भएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ असोज २०८०, २१ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले कार्यशैली बदल्नुपर्छ: पूर्णबहादुर खड्का
पूर्णबहादुर खड्का बने कांग्रेसको कार्यवाहक सभापति
मञ्चमा नेताहरूको दोहोरी बन्द गरेर कोठाभित्रै बहस गर्नु पर्यो : पूर्णबहादुर खड्का
कांग्रेस-एमाले संयन्त्रको संयोजनको जिम्मा पुनः खड्कालाई
भेरी किनारमा बन्ने आधुनिक सहरको भवन शिलान्यास
नारायणकाजी श्रेष्ठ र पूर्णबहादुर खड्काबीच भलाकुसारी