काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले बैंकहरुमाथि आक्रोश व्यक्त गरेका छन् । सरकार लगानीको वातावरण बनाउँदै उत्पादनमा केन्द्रित हुनेगरी अघि बढिरहे पनि यसको विपरीत बैंकहरुले ब्याजदर बढाएर लगानीको वातावरण बिथोल्ने काम गरिरहेको अर्थमन्त्री डा.महतले बताए ।
यस्तो लगानीको वातावरण बिथोल्ने तत्त्व र तीनको चेन ब्रेक (तोड्न) आवश्यक रहेको अर्थमन्त्री महतले बताए ।‘अर्थतन्त्र चलायमान बन्दै गएको छ, बढ्दो रेमिटान्सले मुलुकभित्र पुँजी वृद्धि गरिरहेको छ ।
तर, बैंकहरुले निरन्तर बढाएको ब्याजका कारण लगानीको वातावरण बिथोल्ने काम भइरहेको छ’ अर्थमन्त्री महतले भने, ‘यस्तो तत्त्व र चेन ब्रेक गर्न आवश्यक छ ।’निक्षेप तथा कर्जा सुरक्षण कोषको संवरण वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री डा.महतले यस्तो बताएका हुन् ।
१७ लाख ऋणी र निक्षेपकर्ताको वित्तीय सुरक्षण गरिरहेको कोषले थप दायरा र दायित्व बढाउनुपर्ने उनले बताए ।हाल कोषले लघु वृत्त, साना तथा मझौला, कृषि, पशुपन्छी, सहुलियतपूर्ण कर्जाका साथै निक्षेपको समेत सुरक्षण गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ असोज २०८०, १५ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मैले सेयर बजार बढ्न हुँदैन कतै भनेको छैन : पूर्व अर्थमन्त्री महत
मुलुकको आर्थिक विकासका लागि उत्पादनमुखी बजेट आवश्यक छ : पूर्वअर्थमन्त्री डा.महत
वर्तमान सरकारको आयु लामो छैन : डा. प्रकाशशरण महत
आगामी आर्थिक वर्षको बजेट उत्पादनशील क्षेत्रमा केन्द्रित हुने अर्थमन्त्रीको दाबी