मैले सेयर बजार बढ्न हुँदैन कतै भनेको छैन : पूर्व अर्थमन्त्री महत

सफल खबर संवाददाता

विहीबार, २४ साउन २०८१, १३ : ४५
मैले सेयर बजार बढ्न हुँदैन कतै भनेको छैन : पूर्व अर्थमन्त्री महत

काठमाडौँ । पूर्व अर्थमन्त्री डा.प्रकाशशरण महतले पुँजी बजारलाई लिएर आफूप्रति नकारात्मक धारणा बनाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । बिहीबार अर्थ समितिमा बोल्दै डा.महतले सेयर बजार व्यवस्थित र मर्यादित हुनुपर्छ भनेकोमा आफू विरुद्ध स्टेटमेन्ट नै जारी भएको बताए ।

‘मैले सेयर बजार बढ्यो बढ्नु हुँदैनथ्यो कतै भनेको छैन । तर, म विरुद्ध केही माननीय ज्यूहरू नै लागेको पाएँ’ डा.महतले भने, ‘संसद्‌मा बोलेको कुरालाई लिएर, कुनै कम्पनी संस्थाको विषयमा बोल्ने कुरा होइन तर आम सर्वसाधारणको पक्षमा बोल्ने सुसूचित गर्ने हाम्रो जिम्मेवारी हो । केही कम्पनीहरूको सेयर अस्वाभाविक बढ्यो, यसको वास्तविकता के हो ? कम्पनीको वित्तीय स्थिति के छ हेरौँ ।’

आफूले भनेको तर बजारमा लगानीकर्ताहरूले स्टेटमेन्ट नै जारी गरेको उनले बताए । ‘पुँजी बजारको सुधार, व्यवस्थापन र सन्तुलनका लागि नियामक धितोपत्र बोर्ड, नेप्सेले सूक्ष्म निगरानी राख्दै अनुगमन नियमन गर्नुपर्छ’ उनले भने । तर, पुँजी बजारले नै मुलुकको अर्थतन्त्र चलेको भन्ने नभएको डा.महतले भने ।

 

प्रतिक्रिया दिनुहोस