काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्यालय बन्द नगर्न शिक्षकहरुलाई आग्रह गरेको छ ।
नेपाल शिक्षक महासङ्घको नेतृत्वमा काठमाडौँ केन्द्रित आन्दोलन सुरु भएपछि महानगरले विद्यालय नै बन्द गरेर पठनपाठनमा समस्या नपार्न आग्रह गरेको हो ।
विद्यालय बन्द नगर्न र विद्यार्थीको पढ्न पाउने हक अधिकार हनन् नगर्न महानगरले आफ्नो मातहतका विद्यालयका शिक्षकलाई आग्रह गरेको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।
महानगरपालिकाले शिक्षा विभागलाई विद्यालय बन्द भएका खण्डमा आवश्यक अनुगमन गरेर कारबाही गर्न निर्देशन पनि दिएको छ । तर आन्दोलन शिक्षकले महानगरपालिकाको निर्देशन नमान्ने भएका छन् । बुधबार नै एक विज्ञप्ति जारी गर्दै काठमाडौँका शिक्षकहरुले आन्दोलन निरन्तर रहने बताएका हुन् ।
यसअघि पनि काठमाडौँ महानगरपालिकाले शिक्षक कर्मचारीहरुलाई बन्द हडताल नगर्न चेतावनी दिँदै आएको थियो । विद्यालय शान्ति क्षेत्र भएकाले विद्यालयका शिक्षक कर्मचारी बन्द हडतालमा उत्रिएको खण्डमा सेवाबाट बर्खास्त गर्ने चेतावनी यसअघि पनि दिइएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ असोज २०८०, ०८ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अत्यधिक गर्मीका कारण बुटवलका विद्यालय बन्द
दिल्लीका विद्यालयमा बम विस्फोटको धम्की
२७ विद्यालयलाई काठमाडौँ महानगरले दियो कक्षा थप्ने अनुमति
काठमाडौंका विद्यालयले तोकेकै ठाउँमा मात्रै पुस्तक र पोसाक किनाउन नपाउने
शालीन पोखरेलको मृत्युपछि प्रहरीको घेरामा हुन्छ विद्यालयमा पढाइ
कक्षा १२ सम्म सञ्चालन गर्न विद्यालयलाई एक करोड सहयोग