काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाका तत्कालीन जिल्ला शिक्षा अधिकारी उपेन्द्र मण्डलसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । नक्कली नियुक्ति पत्र बनाई नपाएको ओहदा पाएको भनी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध मंगलवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार जिल्ला शिक्षा कार्यालय, धनुषाले २०७१ असोज ७ गते मिथिलाबिहारी नगरपालिका वडा नम्बर ९ मा रहेको रामजानकी प्राथमिक विद्यालयमा निलमकुमारी यादवलाई प्रावि दरबन्दीमा पदस्थापन गरेको थियो ।
यादवले भानु उच्च माध्यमिक विद्यालय, किसानपुरको शिक्षक पदको नक्कली नियुक्ति पत्र बनाई सोही नक्कली नियुक्ति पत्रको आधारमा रामजानकी प्राथमिक विद्यालयमा पदस्थापन भई पदको ओहदा, अधिकार, हैसियत वा सुविधाको दुरुपयोग गरेको आयोगको ठहर छ ।
आयोगले उनीविरुद्ध कैद र जरिवाना दुवै सजायको माग गरेको छ । यस्तै, तत्कालीन जिल्ला शिक्षा अधिकारी मण्डलले यादवसँग मिलेमतोमा नक्कली नियुक्ति, नक्कली विस्थापन तथा पदस्थापनसम्बन्धी कागजात तयार गरेको आयोगको ठहर छ । उनलाई पनि कैद र जरिवाना दुवै सजायको माग दाबीसहित आरोप–पत्र दायर गरिएको आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ असोज २०८०, १३ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नापी अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रधानाध्यापक, लेखापाल र व्यवस्थापन समिति सदस्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर
नक्कली प्रमाणपत्रको आरोपमा पूर्वाञ्चल विश्वविद्यालयका मुख्य सहायक यादवविरुद्ध मुद्दा दायर
इन्स्पेक्टरविरुद्ध भ्रष्टाचार मुद्दा दायर
फरक-फरक जन्म मितिको नागरिकता पेश गरेर नियुक्ति लिएको आरोपमा शिक्षकविरुद्ध मुद्दा दायर
गोदावरीका मेयर महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, एक अर्ब बढी बिगो