काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले बेरुजु सम्परीक्षण गर्नका लागि ९ वटा उपसमिति गठन गरेको छ । विभिन्न मन्त्रालय, संवैधानिक आयोग र अन्य सरकारी निकायको बेरुजु सम्परीक्षण गर्नका समिति गठन गरिएका हुन् ।
लेखा समितिको आइतबारको बैठकमा समिति सभापति ऋषिकेश पोखरेलले उपसमिति गठन र तिनका संयोजकको नाम प्रस्ताव गरेका थिए । लेखा समितिले केही हेरफेरसहित उक्त प्रस्ताव पारित गरेको छ । सार्वजनिक लेखा समिति मातहतका उपसमितिले महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा देखिएका बेरुजुको सम्परीक्षणको काम गर्नेछ । महालेखापरीक्षकको कार्यालयले फर्छ्यौट हुन नसक्ने भनेर लेखी पठाएको अवस्थामा संसदीय समितिले सम्परीक्षण गरेर असुल उपर गर्ने विषयमा उपसमितिहरूले अध्ययन गर्नेछन् । सार्वजनिक लेखा समितिमा उपसमितिहरू संसद्को कार्यकालभर क्रियाशील रहने अभ्यास छ ।
समिति सभापति पोखरेलले ९ वटै उपसमितिहरूले छिट्टै बैठक बसेर आ-आफ्ना कामको सुरुआत गर्ने बताइएको छ । ९ मध्ये ३ उपसमितिका संयोजकमा काँग्रेस, २ उपसमितिका संयोजकमा एमाले सांसद रहेका छन् । माओवादी केन्द्र, रास्वपा, राप्रपा र जसपाले १-१ उपसमितिको संयोजक पाएका छन् ।
काँग्रेसबाट उपसमिति संयोजकमा अर्जुननरसिंह केसी, राजेन्द्रकुमार केसी र रामकृष्ण यादव रहेका छन् । एमालेबाट गोकुलप्रसाद बाँस्कोटा र दामोदर भण्डारी उपसमिति संयोजक रहेका छन् । माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट मनिष झा, राप्रपाबाट राजेन्द्र लिङ्देन र जसपाबाट प्रदीप यादव उपसमितिका संयोजक बनेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ भदौ २०८०, १४ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्वजनिक लेखा समितिको बैठक बस्दै
माओवादीले माग्यो सार्वजनिक लेखा समितिका सभापतिको राजीनामा
सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव पक्राउ
ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएपछि लेखा समिति सभापतिका स्वकीय सचिव बर्खास्त
सरकारी जग्गा दुरुपयोग रोक्न र कब्जा गर्नेलाई कारबाही गर्न निर्देशन