बुटवल। प्रतिकूल मौषमको कारण देखाउँदै तीन महिनादेखि रोकिएको गुल्मीको रेसुङ्गा विमानस्थलबाट फेरि उडान शुरू भएको छ । शुक्रबार नेपाल एयरलाइन्सको विमानले उडान भरेको हो । नेपाल एयरलाइन्स रेसुङगा विमानस्थलका स्टेसन इन्चार्ज सुमन थापाले अबदेखि मौषम हेरेर हरेक हप्ताको मंगलवार र शुक्रवार उडान हुने जानकारी दिए ।
गत वैशाखको अन्तिम सातादेखि व्यावसायिक उडान शुरू गरेपनि मौसम खराबीका कारण उडान हुन सकेको थिएन । शुक्रवार काठमाडौंबाट रेसुङ्गाका लागि उडान भर्दा ११ जना यात्रु सवार थिए । रेसुङ्गाबाट काठमाडौंका लागि भने मात्र तीनजना यात्रु थिए । यसअघि यो विमानस्थलमा अहिलेभन्दा धेरै यात्रु हुन्थे । मौसम खराबीले पटक–पटक विमान उडान नभएपछि यात्रुमा विश्वास घट्दै गएको बताइएको छ ।
सरकारले भ्याट लगाएसँगै विमानको दुईसय रुपैयाँले भाडादर वृद्धि भएको छ । रेसुङ्गादेखि काठमाडौं ७ हजार ८० रुपैयाँ र काठमाडौंदेखि रेसुङ्गा ७ हजार २८० रुपैयाँ भाडादर कायम गरिएको थापाले जानकारी दिए । रेसुङ्गा विमानस्थलमा विमान उडानका लागि बिहानीको समय उपयुक्त मानिएको छ ।
शुक्रवारदेखि नियमित उडानको खबरले आफूहरूमा उत्सा छाएको गुल्मीबासीले बताएका छन् । तर, पहाडी जिल्लाका विमानस्थलले नियमति यात्रु पाउन नसक्दा चल्दै बन्द हुँदैको अवस्था देखिएको सरोकारवालाहरूको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ भदौ २०८०, १५ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रेसुङ्गा विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध
रेसुङ्गा विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध
यात्रुको चाप बढेपछि रेसुङ्गा विमानस्थलमा उडान थप