काठमाडौं । देशका विभिन्न स्थानबाट पाँचजना लागुऔषधसहित पक्राउ परेका छन् । काठमाडौंकाे गोकर्णेश्वर नगरपालिका-६ जोरपाटी चामुण्डा मन्दिर नजिक गल्लीबाट नियन्त्रित लागूऔषध डाईजेपाम ७५ एम्पुल, नोर्फिन ७५ एम्पुल, फेनारगन ७५ एम्पुल र नगद ५५ हजार रूपैयाँसहित सोही नगरपालिका-६ जोरपाटी बस्ने सर्लाही हरिवन नगरपालिका-५ घर भएका ३९ वर्षीय गुलाम मन्सुलीसमेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
झापाकाे बाह्रदशी गाउँपालिका-४ बस्ने २६ वर्षीय सल्मान आलमलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्रामसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी फुलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ३० केजीसहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका-२४ बस्ने ३३ वर्षीय संगम गुरूङ र बारा सुवर्ण गाउँपालिका-२ कबहिगोठ बस्ने १५ वर्षीय किशोर रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी रातोमाटे र सशस्त्र प्रहरी बलबाट खटिएको टोलीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको ना.१ ज ३६७७ नम्बरको सुमोलाई जाँच गर्ने क्रममा सिटमुनी ४ वटा पोकामा लुकाई राखेको उक्त गाँजा फेला पारी चालक संगम र सुमोमा सवार किशोरलाई पक्राउ गरेको हो ।
मोरङकााे बिराटनगर महानगरपालिका-१४ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ४० केजी मंगलबार राति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीलाई देख्नासाथ को.१७ प ८६३ नम्बरको मोटरसाइकल छोडी चालक फरार भएपश्चात मोटरसाइकलमा रहेको झोला जाँच गर्दा उक्त परिमाणको गाँजा फेला परेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ भदौ २०८०, १४ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अवैध लागुऔषधसहित तीन जना पक्राउ
बाँकेमा लागुऔषध प्रयोगकर्ता र कारोबारी बढेः चुनौतीपूर्ण बन्दै न्यूनीकरण
बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै
लागुऔषधको डिलर पक्राउ
अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ
काभ्रेमा रोकिएन प्रतिबन्धित लागुऔषध तस्करी