सैनिक कल्याणकारी कोषमा ७१ अर्ब जम्मा, गत वर्षको तुलनामा ८ अर्ब ३६ करोड बढ्यो

सफल खबर संवाददाता

आइतबार, २४ भदौ २०८०, १५ : १८
सैनिक कल्याणकारी कोषमा ७१ अर्ब जम्मा, गत वर्षको तुलनामा ८ अर्ब ३६ करोड बढ्यो

काठमाडौं। सैनिक कल्याणकारी कोषमा ७१ अर्बभन्दा बढी रकम जम्मा भएको छ ।२०७९ असार मसान्तमा कोषको नगद मौज्दात ६२ अर्ब ६८ करोड ८९ लाख रुपैयाँ थियो।

तर अहिले उक्त कोषमा यस वर्ष १३.३४ प्रतिशत अर्थात् ८ अर्ब ३६ करोड ७२ लाखले वृद्धि भई २०८० असार मसान्तसम्ममा ७१ अर्ब ५ करोड ६१ लाख रुपैयाँ पुगेको नेपाली सेनाले जनाएको छ ।

सेनाका अनुसार कोष अन्तर्गतका विभिन्न निकायहरूमा २०८० असारसम्म ६ अर्ब ५५ करोड ४० लाख रुपैयाँ लगानी गरिएको छ । कोषको यथार्थ सम्पत्ति ७७ अर्ब ६१ करोड १ लाख रुपैयाँ पुगेको सेनाले सार्वजनिक गरेको हो ।​​​

निवृत्तिभरण कोष मौज्दातमा १ करोड रुपैयाँ, सुनाचुरी ईमल्सन प्लाण्टमा २६ करोड ९० लाख १३ हजार रुपैयाँ, सै.आ.म.वि चितवनको घर जग्गा खरिदमा १७ करोड ५२ लाख १७ हजार रुपैयाँ, अक्सिजन प्लान्टमा ४ करोड ७१ लाख १७ हजार रुपैयाँ लगानी गरेको सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस