एक वर्षमा सैनिक कल्याणकारी कोषमा ४ अर्ब ८५ करोड थपियो

सफल खबर संवाददाता

विहीबार, ०३ साउन २०८१, १६ : ५६
एक वर्षमा सैनिक कल्याणकारी कोषमा ४ अर्ब ८५ करोड थपियो

काठमाडौँ । सैनिक कल्याणकारी कोषमा एकै वर्षमा ४ अर्ब ८५ करोड २७ लाख रकम वृद्धि भएको छ । २०८१ असार मसान्त सम्ममा कल्याणकारी कोषमा ७५ अर्ब ९० करोड ८८ लाख पुगेको नेपाली सेनाले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

२०८० असार मसान्त सम्ममा कोषमा ७१ अर्ब ५ करोड ६१ लाख मौज्दात थियो । कोषले गरेको लगानी समेत जोड्दा कोषको कुल सम्पत्ति ८२ अर्ब ८८ करोड ७४ लाख पुगेको नेपाली सेनाले जनाएको छ ।कल्याणकारी कोषको ४ करोड ७७ लाख ७४ हजार बेरुजु देखिएको छ । बेरुजु फर्छ्योटको प्रक्रियामा रहेको सेनाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस